suekhet
bheriad

मुख्यमन्त्रीले उद्घाटन गर्ने स्टेज भाँच्चिदा तीन जना घाइते ,,

lekabesi

वैशाख, ४ डडेल्धुरा – डडेल्धुराको अजयमेरु गाँउपालिकाले आयोजना गरेको महोत्सवको स्टेज भाँच्चिएको छ । स्टेज भाँच्चिदा ३ जना घाईते भएका छन् ।

घाईते हुनेमा अजयमेरु गाँउपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गिता पन्त छन् । तीनै जना सामान्य उपचारपछि घर फर्किएका डडेल्धुरा अस्पतालले जनाएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टस महोत्सवको उद्घाटन गर्ने भनि स्टेजमै रहेका बेला स्टेज भाँच्चिएको थियो । तर मुख्यमन्त्रीलाई कुनै चोट लागेको छैन ।

स्टेजमा भएकाहरुको प्रहरीले तत्कालै उद्धार गरेको थियो । स्टेज मरामत भयपछि कार्यक्रम सुरु भयो र मुख्यमन्त्री भट्टले महोत्सवको उद्घाटन गरेका छन् ।