प्रेम सञ्जेललाई ३ दिन भित्र उपस्थित हुन अख्तियारको पत्र ,,

वैशाख, ४ काठमाडौं – केहि महिना अगाडी सामाजिक संजाल र अनलाईन मिडियामा चर्चामा परेका उपसचिव प्रेमप्रसाद सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेको छ ।

सञ्जेल भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको भिडियो सार्वजानिक भयको थियो उनि हाल श्रम कार्यालय, बिराटनगरको प्रमुखका रुपमा कार्यरत् उनलाई सरकारले निर्वाचन आयोगको कार्यालयमा सरुवा गरेको थियो ।

यधपी उक्त कार्यालयमा हाजिर नभई खाना, खाजा र प्रोत्साहन भत्ता लिएको अख्तियारमा उजुरी परेपछि पत्र काटिएको बताइएको छ । सत्यतथ्य के हो बुझ्नपर्ने भन्दै उनलाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मुल्याङ्कन महाशाखामा उपस्थित हुन अक्तियारले पत्र काटेको हो।