suekhet
bheriad

आज विप्लवको बन्द ठाँउ, ठाँउमा बम विस्फोट ,,

lekabesi

वैशाख ५ , काठमान्डौ – आज नेकपा विप्लवको बन्दले देशभर प्रभाव पारे संगै विभिन्न जिल्लामा बम विस्फोट संगै आगजनी गरेको छ ।मकवानपुरका थाहा नगर र भिमफेदी गाउँपालिकामा दुई सवारी साधनमा आगजनी भएको छ ।

बाँकेको कोहलपुर, मोरङको बेलगाछी, अर्घाखाँचीको सन्धिखर्कमा पनि शंकास्पद वस्तु भेटिएका छन् । पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका कार्यालय भवनमा बम विस्फोट भएको हो ।

प्रहरीका अनुसार, विस्फोटबाट भवनमा क्षति पुगेको छ ।काभ्रेको पनौती-७, खोपासी जाने बाटोमा बिहानै शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । यद्यपि, उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।यसैगरी बाग्लुङ नगरपालिका ३ मा पनि पाइप बम फेला परेको छ ।

सरकार विरुद्द विप्लवले गरेको बन्दले सर्वसाधरणमा असर पारेको छ यता सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको छ विभिन्न जिल्लाबाट राजधानी र राजधानी देखि विभिन्न जिल्लाको गन्तब्य स्थानमा पुग्ने यात्रुले कस्ट भोग्ने गरेको गुनासो छ ।

यस्तै नवलपुरको कावासोती १६ डण्डास्थित पत्थरखोला पुल नजिक रोकिराखेको भारतीय ट्रकमा आगजनी भएको छ ।आर जे ०२ जीबी २८७० नम्बरको ट्रकमा आगजनी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट ट्रकको अगाडि भागमा क्षति पुगेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो निभाएका थिए ।

बन्द भयपनी ईमरजेन्सी , एम्बुलेन्स ,बिरामो बोकेका अन्य साधानलाई भने छोड्ने गरेको विप्लव निकटले जानकारी गरेको छ साथै बन्द साँझ ५ बजे देखि खुल्ले कैलालीका पोलिटब्युरो सदस्य ओम प्रकाश पुन जानकारी गरेका छन्।