नेपालको आफ्नै स्याटलाइट पहिलोपटक अन्तरिक्षमा ,,

Naumule

वैशाख, ५ काठमाडौं – नेपालले पनि पहिलोपटक स्याटलाइट अर्थात् भू-उपग्रह अन्तरिक्षमा पठाइएको छ । नेपालले अमेरिकाको भर्जिनियास्थित प्रक्षेपण केन्द्रबाट बिहीबार बिहान २:३१ बजे नेपालको भूउपग्रह अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।

Gurvakot

यो भूउप्रगहलाई ‘नेपालीस्याट-१’ नाम दिइएको छ । यसको तौल झण्डै एक किलो छ । नेपाली भू-उपग्रहलाई एन्टारेस नामक वायुयानभित्र रहने सिग्नस कार्गो विमानमा राखेर अन्तरिक्षमा पठाइएको छ ।

यसबाट नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिर र सूचनाहरू प्राप्त गर्न सक्ने छ । अहिले सम्म नेपालले अन्य देशकै भू उपग्रहबाट मौसम , तापक्रमको सुचना दिने गरेको थियो , यो भू उपग्रह अन्तरिक्षमामा पठाउने गरेसंगै नेपाल अन्तरिक्षयुगमा प्रवेश गरेको मानिन्छ।

Bangad kupinde