पत्रकार पक्राउ विरोधमा देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारको धर्ना ,,

वैशाख,५ काठमाडौं – पत्रकार अर्जुन गिरी पक्राउ गरेको विरोधमा देशभरका जिल्ला प्रशासन कार्यलयमा पत्राकारले धर्ना दिएका छन् । पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको विरोधस्वरुप देशभरका जिल्ला प्रशासन कार्यालयमा बिहीबार बिहान धर्ना दिएका हुन् ।

उनलाई अनलाइनमा प्रकाशित ठगीको समाचार लेखेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।नेपाल पत्रकार महासंघ, जिल्ला शाखालगायतको अगुवाइमा अहिले पत्रकारहरुले जिल्ला प्रशासन अगाडि उभिएर पत्रकार पक्राउको विरोधमा धर्ना दिइरहेका छन् । समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरोधी भएकाले यसलाई सच्याउनु पर्ने माग पत्रकारहरुकाे छ ।

 

बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग (सीईबी)ले पक्राउ गरेको हो । पत्रकार गिरी पक्राउ परेलगत्तै त्यसको विरोधमा विभिन्न विरोधका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

lekbesi

पोखराबाट प्रकाशन तथा प्रशारण हुने सबै पत्रिकाहरुमा सम्पादकीयमा कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेन्ड प्रशारण बन्द गर्ने तथा अनलाइनहरुमा कालो ब्यानर राखेर विरोध सुरु गरेका छन् ।उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।