suekhet
bheriad

ट्राफिक प्रहरीलाई ४० प्रतिशतसम्म प्रोत्सान भत्ता वृद्धि ,,

lekabesi

वैशाख ५ ,काठमाडौं- सरकारले ट्राफिक प्रहरी भत्ता व्यवस्थापन निर्देशिका २०७५ स्वीकृत गरेको छ ।

गत बैशाख २ गते बसेको मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको निर्देशिकामा ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरिएको छ ।

ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो ।

धुँलो, धुँवा र अन्य कार्यालयमा भन्दा बढी समय सेवामा खटिनु पर्ने भएकाले भत्ताको ट्राफिक प्रहरीलाई भत्ता व्यवस्था गरिएको श्रोतले जानकारी गरेको छ ।