विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्जमा प्रकाण्डलाई जिम्मेवारी ,,

वैशाख ५ , काठमान्डौ – सरकारले प्रतिवन्ध लगाएपछि देशमा निकै हलचल र आतंक फैलिने गरि विप्लव नेतृत्व पार्टीले तरङ्ग ल्याएको देखिन्छ। सो नेतृत्वले आज पनि नेपाल बन्दको आवहान गरेको थियो ।
बन्दले ठाँउ,ठाँउमा सवारीसाधनमा आगजनी र बम विस्फोट गरेको छ ।संगै विप्लव नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्जमा खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई जिम्मेवारी दिएको हो ।
हाल सो मध्यकमाण्ड इन्चार्जमा जिम्मेवारीमा रहेका हेमन्त प्रकाश ओली ‘सुदर्शन’ पक्राउ परेसँगै पार्टीले सो जिम्मेवारी प्रकाण्डलाई दिएको हो । यता मध्य कमाण्ड इन्चार्जको भूमिकामा रहेका सुदर्शन चैत पहिलो साता काभ्रेबाट पक्राउ परेका थिए।
प्रकाण्ड यो भन्दा पहिले सम्म पार्टीको प्रवक्तामा थिय प्रकाण्डलाई पनि सरकारले पटक पटक पक्राउ गर्ने र छोड्ने गरेको थियो।
