भारत नेपाल बससेवामा विस्फोटक पदार्थ भेटियो ,,
वैशाख,७ धनगढी – भारतबाट काठमान्डौ जाँदै गरेको ना ५ ख ७२४५ नम्बरको बसबाट बम बनाउन प्रयोग हुने सामान संगै बिष्फोटक पदार्थ बरामद भएको छ ।सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारी कैलालीले शुक्रबार राति करिब १२:४५ बजेतिर बसलाइ शंका लागेर राति बस जाँच गरेको थियो ।
राति बसबाट बिभिन्न सामानहरु सशस्त्र प्रहरीले बरामद गरेर धनगढीमा राख्यो । त्यो बरामद गरेका समान विस्फोटक पदार्थ हुन् भन्ने प्रहरीलाई पनि जानकारी थियन ।तेही भयर गाडीलाई छोडियो।
तर, शनिबार बिहानपख पोका खोलेर हेर्दा डिटोनेटर लगायतका बिष्फोटक पदार्थ फेला परेपछि उक्त बसलाई रोक्न सशस्त्र प्रहरी बल बेस क्याम्पले अन्य जिल्लाका प्रहरी युनिटलाई सूचना प्रवाह गरेको थियो । त्यसपछि मात्र नवलपरासी प्रहरीले बसलाई रोकेर राखेको छ ।
बसबाट बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेटरसहित ल्यापटप दुई थान, रेडिमेड कपडा, बेल्ट लगायतका सामाग्रीहरु बरामद भएको बेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) नेत्र केसीले जानकारी दिए ।सशस्त्र प्रहरी बलका डिएसपी केसीले बसबाट बरामद गरिएका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाउने जानकारी दिए ।