वुटवलमा प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने युवा कांग्रेस निकटका भयको खुलासा ,,
वैशाख ७ , वुटवल – प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेको बेला शनिबार वुटवलमा एक व्याक्तिले कालो झन्डा देखाएका छन् । ऐतिहासिक जीतगढी किल्लाको विजयोत्सव समारोहलाई सम्बोधन गरिररहेका बेला एक युवकले उनलाई कालोझण्डा देखाएका हुन् ।
प्रधानमन्त्रीले सम्बोधन गरिरहेका बेला भीडबाट ती युवाले कालोझण्डा निकालेर नारा लगाउँदै मञ्चतर्फ अगाडि बढेका थिए । उनले कालो झण्डा देखाउदै मेरो देश मेरो प्राण, उजिरसिंह जिन्दावाद’ भन्ने नारा लगाउँदै मन्चतिर अगाडी बढेका थिय ।
तेही बेला उनलाई प्रहरीले समातेर आफ्नो नियन्त्रणमा लागेको थियो कालो झण्डा देखाउने युवा अर्घाखाचीका छत्रदेव गाउँपालिका–५, साविक भगवती गाविस–१ मोडेलचौर स्थित रुद्र प्रसाद घिमरे रहेको प्रहरीले जनाएको छ । उनि वुटवलमा बसेर दुग्ध व्यवसाय गर्ने गरेको र नेपालि कांग्रेस निकट रहेको जानकारी प्राप्त भयको हो।
बुटवलका प्रहरी प्रमुख डिएसपी मल्लले जानकारी दिएअनुसार, उनी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देही क्षेत्र नम्वर ३ बाट नेकपाका नेता विष्णु पौड्यालका विरुद्ध स्वतन्त्र उमेदवारी दिएर उठेका युवा समेत हुन । हाल घिमिरेलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेको छ ।