Simta
Gurvakot
Gurvakot

श्रीलंकामा बिस्फोटबाट २०७ को मृत्यु ,,

वैशाख,८ काठमाडौं – श्रीलंकामा श्रृङ्खलावद्ध बिस्फोट हुँदा २०७ जनाको मृतु भयको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । पहिले चर्चमा विस्फोट भयको थियो तेस्पछि होटलमा बम विस्फोट भयको अन्तराट्रिय समाचार माध्यामले उल्लेख गरेका छन् ।

ईसाई धर्मावलम्बीहरुले ‘इस्टर सन्डे’ पर्व मनाइरहेका बेला चर्च तथा होटलमा बिस्फोट भएको थियो ।अधिकारीहरुका अनुसार कोच्चादाईस्थित सेन्ट एन्थोनी, बाट्टीकोला र नेगोन्बा चर्चमा विस्फोट भएको छ ।यस्तै कोलम्बोमा साङ्ग्री–ला स्टार, किङ्गबरी र सिनेमन ग्राण्ड होटलमा बिस्फोट भएको छ ।

सातौ विस्फोट चिडिया घर नजिकैको होटलमा भएको थियो । प्रहरीले कोलम्बोस्थित एक घरमा खानतलासी लिइरहेका बेला विस्फोट भएको हो । प्रहरीले दुई संदिग्धलाई पक्राउ गरेको छ त्यसपछि भएको आठौं बिस्फोटमा तीन प्रहरी पनि मारिएका छन् ।

lekbesi
Simta

अहिले सरकारले तत्कालका लागि मुख्य सामाजिक सञ्जालहरु प्रयोगमा रोक समेत लगाइएको छ भने कर्फ्यु पनि लगाएको छ । सबै भन्दा बढी मानवीय क्षति कोलम्बोका कोच्चकेड जिल्लाको लोकप्रिय चर्च सेन्ट एन्थोनीमा भएको जानकारी भयको छ ।

चर्च भित्र मानिसहरु प्रथानामा रहेको बेला अन्धाधुन्ध बम विस्फोट भयको हुनाले यति धेरै क्षति भयको समाचारमा उल्लेख छ आत्मघाती आक्रमणकारीले विस्फोट गराएको श्रीलंकाका रक्षामन्त्री आर विजयवर्धनले जानकारी गरेका छन् जसमा अहिलेसम्म ७ जना पक्राउ परेका छन् ।

श्रीलंका सरकारलाई देश विदेशबाट घटनाका बारेमा निन्दा गरेका छन् प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाली समकक्षी रनिल विक्रमासिंगेलाई फोन गरेर घटनाको निन्दा गरेका छन् । घटनामा ९ विदेशी नागरिकको मृत्यु भएको श्रीलंका सरकारले पुष्टि गरेको छ । मारिने व्यक्ति कँहाका हुन् भन्ने यकिन हुन बाँकी छ।