suekhet
bheriad

तारा एयरको विमान ठुलो दुर्घटनाबाट बच्यो ,,

lekabesi

वैशाख,९ रामेछाप – तारा एयरको विमान ठुलो दुर्घटनाबाट बचेको छ । रामेछापको मन्थली विमानस्थलमा तारा एयरको विमान धावनमार्गमा चिप्लिएर मानवीय क्षति हुन बाट जोगीएको हो ।

सोलुबाट मन्थली आएको विमान सोमबार बिहान करिब ९ बजे अवतरणका क्रममा दुर्घटना भएको हो । 9N-AKK कल साइनको विमानमा १४ यात्रु सवार रहेको तर कुनै मानवीय क्षति भने नभएकाे मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य मर्मत सुरु भएपछि काठमाडौँबाट सोलु जाने विमानहरुले मन्थली विमानस्थलबाट सोलुको लागि उडान भर्ने गरेका छन् । विमान दुर्घटना भएपछि अहिले यहाँको उडान अवरुद्ध बनेको थियो ।

विमान रनवेको छेउमा रहेका कारण उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।हिजोबाट मन्थलीमा ठूलो वर्षा भएको थियो । वर्षाले विमानस्थल भिजे पनि आज बिहानैदेखि विभिन्न कम्पनीका विमानहरुले उडान सुरु गरेका छन्।