चेक बाउन्सको केसमा ग्रेटर नेपालका अध्यक्ष नेपाल पक्राउ ,,

वैशाख १० ,काठमाडौं- ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाललाई प्रहरीले बैंकिङ कसुरकाे आराेपमा पक्राउ गरेको छ । घरबेटीलाई भाडा मार्फत दिएको चेक बाउन्सको उजुरीमा उनलाई मंगलबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

नेपालले गौशालामा रहेकाे इडेन गार्डेन नामक स्कुल सञ्चालक गरिरहेका छन् ।उक्त भाडा मार्फत घरबेटी नरेश कुमार न्यौपानेलाई चेक ६ लाखको चेक दिएका थिय । उता नेपालले भने आफुलाई फसाउन खोजियको दाबि गरेका छन्ने।

नेपालले भनेका छन् ‘मैले नरेश कुमार न्यौपाने नामक घरधनीलाई घरभाडा बापत रू ६००००० को चेक दिएको थिएँ । चेकको भुक्तानी मितिमा छ लाख नगद रकम बुझी आज चेक ल्याउन बिर्सिएँ , भोलि चेक फिर्ता गर्छु भनेकोमा चेक बाउन्स गरेर मलाई फसाउने काम भयो ।

lekbesi

न्यौपानेले पैसा लगेर पनि चेक फिर्ता गर्नुस भन्दा पटक पटक चेक ल्याउन भुलेको भन्दै चेक बाउन्स गर्ने गरि आफुलाई पक्राउ गर्ने भूमिका खेलको नेपालले दाबि गरेका हुन्।

साथै न्यौपानेले हिसाबमा गोलमाल समेत गरेर आफुलाई फसाएको जानकार गरेका छन्गौ।शालाबाट पक्राउ परेका नेपाललाई बैकिङ कसुरमा म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।