गल्ति भय जुनसुकै कारबाही भोग्न तयार छु नगरप्रमुख गोविन्द पुन ,,
वैशाख ११ , काठमान्डौ – अनलाई समाचारमा आफुविरुद्द आयको झुटो समाचारप्रति बनगाड कुपिण्डे नगपालिकाका मेयर गोबिन्द पुनले आपति जनाएका छन् ।
आफ्नो ब्याक्तिगत सेवासुविधालाई आधारहिन,असत्य,स्रोतवीहन, र कपोलकपिल सामाचार प्रसारण गरेको भन्दै नगरपालिकाले एक विज्ञप्ति समेत जारि गरेको छ ।
पुनले आफ्नै निजि गाडी बनायर भाडा लिने गरेको र आफ्नो घर भाडामा दिएर आफु अन्यत्र बसी नगरपालिकाबाट आफ्नो घरभाडाको लागि मासिक भाडा लिने गरेको समाचार सम्प्रेषण भयको छ ।
त्यति मात्र नभई पुनले आफ्नो निजि गाडीका लागि नगरपालिकाबाट आफै विवेदन लेख्ने र आफै तोक लगाउने गरि भुक्तानी लागेको भन्ने समेत जानकारीको समाचार बाहिरिएपछि नगरपालिकाले सबैमा जारिसंदेश दिएर विज्ञप्ति जारि गरेको हो ।
मेयर पुनलाई गत साउनमा अख्तियारले पत्रसमेत काटेपछि बिल भरपाई कानुनि रुपमा मिलाउन समेत पुनले कर्मचारीलाई आग्रह गरेको भन्ने खबर आयको छ।उक्त समाचारको खण्डन गर्दै नगरपालिकाले मेयर पुनको चरित्र हत्या गर्नखोजेको र पुनले यदि आफुले कुनै तेस्तो गरेको भय जुनसुकै कारबाही भोग्नपनी तयार रहेको विज्ञप्तिमा लेखिएको छ ।
मेयर पुनले अहिले ने.क.पा जिल्ला कमिटी सल्यान को अध्यक्ष समेतको जिम्मा पाएक छन् भने सचिवमा कर्ण बाहदुर बुढाथोकी (छहारी) छन्।
यस्तो छ विज्ञप्ति ,,
jhilko.com अनलाईन खबरमा आएको समाचार प्रति नगरपालिकाको घोर आपती
सल्यानको बनगाड कुपिण्डे नगरपालीकाको गाडि भाडाको विषयलाई झिल्काे डटकम भन्ने अनलाईन खबरमा आएको समाचार प्रति नगरपालिका घोर आपती प्रकट गर्दछ । नगर प्रमुख गोविन्द कुमार पुनसँगको सेवा सुविधालाई जोडेर जुन अनरगलत सामाचार सम्प्रेशन गरिएकोमा नगर प्रमुख गोविन्द कुमार पुनले गम्भीर ध्यानकर्षण भए जनाउनु भएको छ । आधारहिन,असत्य,स्रोतवीहन, र कपोलकपिल सामाचार प्रसारण तथा प्रचार गर्न नगराउनु हुन समेत सबैलाई अवगत गराईन्छ । जनतलाई सुसचित गर्ने मिडिया र सञ्चार किर्मीलाई सत्य केहो वुझेर मात्रै सामाचार प्रसारण गर्न अनुरोध छ । गाडि भाडा र कोठा भाडाको विषय जोडेर म नगर प्रमुख माथि जुन खाले चरित्र हत्या गर्ने र चरित्रमा दाग लगाउन दुस्प्रयास गर्ने निकाय माथि कानुनी प्रक्रिया अवलन गर्ने समेत जनाएको छ । नगर सभा हुदै नगर कार्यापालिका बैठक र नितीविधी राज्यले न्युनतम दिएको सुविधा वाहेक अन्य अनैतिक खाले काम गरेको भए जुनसुकै सजाय भोग्न तयार रहेको समेत स्पष्ट पारिन्छ । सम्झौता अनुरुप र राज्यको सामान्य सेवा पारुप नगरका कामकाजमा खठिदाँ आवतजावतका लागि आवश्यक साधानलाई गल्त अर्थ लगाई इगो वनाउन खोजिएको प्रति खेद प्रकट गरिएको छ ।बनगाड कुपिण्डे नगरपालिकामा नगर प्रमुखलाई असफल वनाउने,नगर प्रमुखका योजना असफल पार्ने,नगरका कुनै पनि गतीविधी अघि वढ्न नदिने,हरेक कामकाजमा भाँजो हाल्ने,कामै नभएका योजनामा हावाका मुद्दा हाल्ने,योजना छनौट नहुदै अख्तीयारमा मुद्दा हाल्ने,नगरमा आएको वजेटलाई कामै हुन नदिएर फ्रिज पार्ने दुस्प्रयास भएकोले तेहि योजनाका साथ उक्त अनलाईन खबरमा आज नगर प्रमुखसँग जोडेर समाचार प्रचार भएको वुझिन्छ । यस्ता एकलकाँटे,असत्य, आधारहिन तथा तथ्यहीन सामाचारको प्रचार प्रसार नगर्र्न समेत सवैलाई अपिल गरिएको छ । नगरका कामकाजलाई प्रभावित पारि नगर प्रमुखलाई असफल पार्ने राजनैतिक रणनीती भएकोले त्यस्ता कार्यमा नलाग्न सञ्चार तथा मिडिया कर्मिलाई अनुरोध गरिन्छ । नितीविधी र ऐन नियम मिचेर किर्ते भए जुनसुकै कारवाहि भोग्न आफु तयार भएको समेत वताएको छ । नगरमा एउटा गिरोह हरेक कामकाजमा भाँजो हालेर नगरलाई अस्त व्यस्त पार्न तर्फ प्रेरित भएकोले त्यस्ता कार्यमा मलजल नगर्न समेत अवगत गराईन्छ । साथै हाल सम्म पनि बहुमतीय वद्धतीको अभ्यासले गर्दा नगरमा अन्य कामकाज अघि वढ्न नसकेकोमा पनि मन खिन्न भएको जनाएको छ ।