suekhet
bheriad

नायक विराज भट्टले पाण्डेमाथि हातपात गरेपछि मागे माफी ,,

lekabesi

नायक विराज भट्टले प्राविधिक शंकर पाण्डेसँग माफी मागेका छन् । गत सोमबार विराजले पाण्डेमाथि हात पात गरेका थिय ।जवाफीमा पाण्डेले पनि हातपात फर्काएका हुन् ।

तर, पहिले हात छाडेका कारण विराजले पाण्डेसँग माफी मागेका हुन् । चलचित्र प्राविधिक संघको कार्यलयमा उपस्थित भयर विराज भट्टले माफी मागेका थिय चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले सहमतीमै कुरा टुंगिएको बताए ।

उनले भने–‘गल्ती भएपछि विराजजीले माफी माग्नु स्वभाविक हो । तर, दुबै जना सहमतीमा आएर कुरा टुंगिएको छ ।विराजले निर्माण तथा निर्देशन गर्न लागेको चलचित्र ‘साङ्लो’को बिषयलाई लिएर सोमबार बेलुकी कुराकानीका क्रममा पाण्डे र विराजविच लफडा भएको थियो ।

अब, विराजको चलचित्रमा पाण्डेले निर्माण नियन्त्रणको रुपमा काम नगर्ने भएका छन् । पाण्डेले पनि भट्टलाई पारिश्रमिकको संझौतामा दिएको पेश्की रकम फिर्ता गर्नु नपर्ने भएको छ ।

विराज आफैले पैसा फिर्ता गर्नु नपर्ने बरु आफूले एक हजार थपेर दिन तयार भएको बताएका थिए । गत चैत महिनादेखि चलचित्रको छायांकन गर्ने नायक विराज भट्टले जानकारी गरेका थिय , साथै नायिकाको भूमिकामा विराजले निकिता चंडकलाई लिने सम्झौता गरेका छन् ।