सिके राउतले बुझाए सरकारलाई नामावली आफ्ना कार्यकर्तामा लागेका मुद्दा फिर्ता लिन आग्रह ,,

Naumule

वैशाख ११ , काठमाडौं- सिकेरावत जनमत पार्टीले आफ्ना कार्यकर्ता हरुको नामवली गृहमन्त्रालयलाई बुझाएको छ । आफ्ना कार्यकर्ताहरुमा लागेका मुद्दा फिर्ता लिने सरकार र स्वतन्त्र मधेशबीच भएको सम्झौता कार्यान्वयन समितिका संयोजक चन्दन सिंहले सो नामावली बुझाएका हुन् ।

Gurvakot

गत फागुन २४ गते सरकार र सिके राउतवीच भएको सहमतिमा राउतका नेता कार्यकर्तामाथि लागेका सबैखाले मुद्दा फिर्ता लिन सरकार सहमत भएको उल्लेख थियो ।

सोही सहमतिअनुसार बुधबार राउतको पार्टीले गृहसचिवलाई भेटेर मुद्दा खेपिरहेका नेता–कार्यकर्ताको सूची बुझाएको हो । यो सूचीमा सिके राउतको समेत नाम छ । गृहसचिव प्रेम राईले चाँडोभन्दा चाँडो मुद्दा फिर्ता लिइने आश्वासन दिएका हुन् ।

राज्यद्रोह, राज्य विप्लव, निर्वाचन कसुर, बालबालिका दुरुपयोग, सार्वजनिक अवपराधको मुद्दा, हातहातियार खरखाजना, अभद्र व्यवहार, गाली गलौज, सार्वजनिक शान्ति विरुद्धको, झुठा अपवाह फैलाइएको लगायतका मुद्दा सिके राउतको कार्यकर्तामा माथि लागेको थियो । जेलमा रहेका सम्पूर्ण कार्यकर्ता रिहा भइसकेका छन् ।

Bangad kupinde