सिकेरावत मुलधारमा आईसके विप्लव तपाईपनि आउनुस गृहमन्त्री थापा वादल ,,

वैशाख १२ , काठमान्डौ – विप्लव नेतृत्वलाई मुलधारमा आउन गृहमन्त्री रामबहादुर थापा बादलले आग्रह गरेका छन् । साथै विप्लवले गरेका गतिविधिलाई निस्क्रिय पार्नमा सरकार सफल भयको थापाले दाबि गरेका छन् ।

प्रदेश १ मा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न विराटनगर आइपुगेका मन्त्री थापाले भने विप्लवका गतिविधि हामीले निस्तेज पार्न सफल भयका छौ । साथै विप्लवका सबै गतिविधि क्रियाकलापलाई नै पूर्ण निस्तेज पार्न सरकारले नीति र अख्तियार निर्माण गरेको समेत बताए।‘

विखण्डनकारी शक्ति (सीके राउत) लाई समेत हामीले वार्ता र संवादबाटै मूलधारको राजनीतिमा ल्याएका छौ तपाईपनि मुलधारमा आउन पर्यो विप्लव जी कुनै बेलाका आफ्ना सहयात्रीलाई संवादमा आउन सुझाउँदै उनले भने । कुनैपनि समस्यालाई वार्ताबाट समाधान गर्न उचित हुन्छ ।

lekbesi

, राजनीतिदलले जुनसुकै उदेश्य बोकेपनि तेस्को अन्तिम विकल्प भनेको वार्ता हो राजनीतिक दललाई शान्तिपुर्ण आन्दोलन गर्ने छुट छ । तर शान्ति सुरक्षामा खलल पुर्‍याउने छुट कसैलाई छैन’, गृहमन्त्री थापाले भने ।

२०७६ वर्ष प्रारम्भ भयको र उक्त वर्ष समृद्धिको वर्ष भएको थापाले दाबि गरे । नेकपाको जिल्ला एकताबारे जिल्ला एकता टुंग्याइएको उल्लेख गर्दै असन्तुष्टिहरु भए त्यसलाई छलफलमार्फत पार्टीले टुंग्याउने बताए ।साथै राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रसँगको सम्बन्ध सुधारमा सरकार सफल रहेको थापाले जानकारी गरे ।