भूकम्पको केन्द्रबिन्दु गोर्खाको बारापकमा भुकम्प स्मृति दिवस मनाईदै ,,
वैशाख १२, गोरखा- आज वैशाख १२ गते नेपालि हरुकोलाई कालोदिनमा गनिन्छ ।२०७२ वैशाख १२ को दिनलाई सम्झिदै आज गोरखामा भुकम्प स्मृति दिवस मनाईएको छ ।
२०७२ वैशाख १२ गते गोरखा बारपाकलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले विभिन्न जिल्लामा ८ हाजर भन्दा बढीको ज्यान लागेको थियो ,भने ७ लाख भन्दा बढी घर भत्कीएका थिय।
भुकम्पमा ज्यान गुमाउने पिडित हरुको सम्झनामा गोरखाको बारपकमा ११:55 बजे मौहन धराण गर्दै भुकम्प स्मृति दिवस मनाईएको हो स्मृति दिवसमा हजारौको संख्यामा उपस्थिति छ ।
कार्यक्रममा शहीद दिलबहादुर रम्तेल राष्टिय कप भलिबल प्रतियोगिता कार्यक्रममाको समुदघाटन पनि गरिएको छ। दिल बहादुर रम्तेल जनयुद्दका पहिला शहिद हुन् ।
कार्यक्रम समुद्घाटनमा सभा मुख कृष्ण बहादुर महरा , जयपुरी र्घर्ती,हितराज पाण्डे, हरिराज अदिकारी, कृष्ण धिताल, छम बहादुर गुरूङ, प्रकाश दवाडी लागायत नेताहरुको उपस्थित थियो ।
यो पनि पढ्नुहोस ,,
हिजो मात्र धादिङ् नौबिसेलाई केन्द्रबिन्दु बनाएर ३ पटक भूकम्पको धक्का गएको छ। २०७२ वैशाख पछि मात्र अहिले सम्म नेपालमा ४ हजार पटक भूकम्पको धक्का गएको रास्ट्रीय भुकम्प मापन केन्द्रले जनाएको छ ।