suekhet
bheriad

चलचित्र हिम्मतवाली’का नायक सुदर्शनविरुद्ध प्रहरीको रेड नोटिस ,,

lekabesi

वैशाख,१३ काठमाडौं – चलचित्र ‘हिम्मतवालीमा रेखा थापा संग अभिनय गरेर निकै चर्चा कमाएका सुदर्शन गौतमविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीका अनुसार बिहीबार गौतमविरुद्ध रेड नोटिस जारी भएको हो । रेड नोटिस पक्राउ पूर्जी होइन तर, यो जारी भएपछि विश्वभरि रहेका इन्टरपोलका सदस्य रहेका प्रहरीले सम्बन्धित व्यक्तिलाई ‘लोकेट’ गर्छ ।

र, अभियुक्तविरुद्ध नोटिस जारी गर्न सिफारिस गर्ने देशमा डिपोर्ट गर्ने प्रक्रिया थाल्छ । सुवेदीले भने । गत एक वर्षपहिले नेपालमा सबैको अनि चर्चामा रहेको ३८ क्वीन्टल सुन तस्करी प्रकरणका वेला जारी भएको नोटिसमा यूएई प्रहरीले नेपाल प्रहरीलाई अभियुक्त लिन त्यहीँ बोलाएको थियो ।

गौतमविरुद्ध महानगरीय अपराध महाशाखाले मुद्दा चलाएको थियो । रेड नोटिस पनि महाशाखाकै सिफारिसमा जारी भएको हो । मानव तस्करी गर्ने एउटा समूहलाई पक्राउ गर्ने क्रममा उनीको नाम पोलिएपछि उनलाई फरार प्रतिवादी बनाएर मुद्दा पेश गरिएको थियो ।

गौतमले संगठित रुपमा मानव तस्करीको धन्दा चलाएको र सयौं नेपालीबाट करोडौं रुपैयाँ असुलेर अलपत्र पारेको भन्दै महानगरिय प्रहरी अपराध महाशाखाले पछिल्लो एक वर्षयता अनुसन्धान गर्दै आएको थियो।

सुर्दशनकै पहलमा २०७४ जेठमा भारतको दिल्ली हुँदै अमेरिका जान भनेर हिँडेका तीन महिलामध्ये दुईजना ६० लाख रुपैयाँ गुमाएर, महिनौंको हैरानीपछि नेपाल फर्केपछि गौतमको मानव तस्करी धन्दा बाहिर आएको हो।

दुवै हात नभएका गौतम कीर्तिम अंग नलगाइ सगरमाथा आरोण गर्ने व्यक्तिसमेत हुन् ।हाल सुदर्शन भने क्यान्डामा भएको बताइन्छ ।