जलिरहेको अवस्थामा भेटिएकी कञ्चनको उपचारका क्रममा मृत्यु ,,

Naumule

वैशाख १३ ,सिरहा- आफ्नै आगनमा जलिरहेको अवस्थामा भेटिएकि सिरहाको कल्याणपुर नगरपालिका ८ कञ्चन मण्डलको मृत्यु भएको छ । काठमान्डौमा उपचारको क्रममा उनको मृतु भयको हो ।

२० वर्षीय कञ्चन बिहिबार बिहान करिब ९ बजे आँगनमा जल्दै गरेको अवस्थामा भेटिएकी थीइन उनको शरीरको करिब ७५ प्रतिशत भाग जलेको थियो । कञ्चन वृद्ध सासू सुरजीदेवी मण्डल र करिब दुई वर्षीया छोरी राधासँग घरमा बस्दै आएकी थिइन् ।

स्थानियका अनुसार उनको सासु र श्रीमानसँगको सम्बन्ध राम्रो नभयको जानकारी छ। कञ्चनको मृत्यु भएलगत्तै उनकी सासु सुर्जीदेवी मण्डललाई मिर्चैया प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Gurvakot

धेरैले उनका श्रीमान् तिर संकेत गरेका छन् तर उनका श्रीमान् घरमा नभयको हुनाले यकिन गर्न कठिनाई रहेको प्रहरीले जानकारी गरेको छ । स्थानीयको कुरालाई मान्ने हो भने पछिल्लो तीन महिनायता उनका पति बेचु भारतको अहमदावादमा श्रम गर्न गएका छन् ।

उनका श्रीमान् आयर यो हर्कत गर्न सक्ने स्थानिय बताउछन। कन्चनले लामो समयदेखि घरेलु हिंसा खिपिरहेको इलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुखदेव खनालले जानकारी दिए।

उनले उपचारको क्रममा हामीलाई केहि अरुकुरा भनेको हुनाले हामि दोषी छिट्टै पत्ता लगाउछौ खनालले भने । तराईमा पर्या दाईजो प्रथामा यस्ता घटना हुने गर्दछन ,कन्चनको के कारणले आगो लगाईयो भन्ने जानकारी भने थप आउन बाँकी छ ।

 

 

 

Bangad kupinde