suekhet
bheriad

एनआरएन युएईका अध्यक्ष दुवैबाट पक्राउ ,,

lekabesi

वैशाख १४ ,युएई – गैरआवसीय नेपाली संघ (एनआरएन) यूएईका अध्यक्ष रमेश श्रेष्ठ दुबईबाट पक्राउ परेका छन् । शुक्रबार दुबईमा आयोजित धुर्मुस सुन्तली साँझकाे कार्यक्रम स्थलबाटै स्थानिय दुवै प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो ।

चितवन समाज युएईको संयोजनमा युएईमा विभिन्न संघ संस्थाद्वारा आयोजित कार्यक्रमको अतिथिको रुपमा उपस्थित रहेका श्रेष्ठलाई सेक्युरेटीले बाहिर बोलाएर प्रहरीको प्रहरीको जिम्मा लगाएका थिए।

कार्यक्रम आयोजक संस्था चितवन समाज यूएईका अध्यक्ष पर्शुराम घिमिरेले श्रेष्ठ पक्राउ परेको बारे आज विहान मात्रै जानकारी पाएको बताए।श्रेष्ठ पक्राउ परे लगत्तै युएईका नेपाली व्यवसायी शंकर श्रेष्ठले रमेश श्रेष्ठविरुद्ध आफूले उजुरी दिएको फोन मार्फत बताएका छन्।

व्यवसायिक लेनदेनमा आफूले पाउनु पर्ने ६० हजार दिर्हाम नदिएकाले उनीविरुद्द उजुरी दिएको शंकरको भनाइ छ । शंकर र रमेश श्रेष्ठबीच लामो समयदेखि लेनदेन विषयमा विवाद थियो ।

बारम बार आफुले आग्रह गर्दापनि शंकरले पैसा नपाएपछि श्रेष्ठविरुद्ध स्थानीय प्रशासन मार्फत अदालतमा मुद्दा दायर गरेको उनि बताउछन । दुवै जना मिलेर यूएईमा साझेदारीमा म्यानपावर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ ‘जिसिडी ह्युमन रिसोर्स एन्ड म्यानेजमेन्ट कन्सल्टेसीका प्रबन्धक निर्देशक हुन्।