suekhet
bheriad

खुलामञ्चका अवैध सटरहरुमा डोजर चलाईयो उपमयेर हरिप्रभा खड्गीमाथि आक्रमणको प्रयास,,

lekabesi

वैशाख १४ , काठमाडौँ – खुलामञ्चमा निर्माण गरिएका सटर , पशलमा डोजर लगाईएर भत्काईएको छ ।चौतर्फी विरोध र दवावपछि खुलामञ्चको उत्तरतर्फको क्षेत्रमा भयका पशल सटरहरु भत्काईएको हो ।

काठमाडाैं महानगरपालिकाले २०७१ मा खुलामञ्चकाे उत्तरतर्फकाे केही क्षेत्र साघुँर्‌याएर बसपार्क राख्न भाडामा दिएकाे थियाे । ठेकेदार मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द विकोई विल्डर्सले खुलामञ्चमा अवैध सटर बनाएर व्यापार थालेको थियो ।

जसमा महानगरको समेत मिलेमतो रहेको खुलासा भएको थियो ।
भेटवालले खुलामञ्चभित्र करिब ४० वटा सटरहरु बनाएको र अरु संरचनापनि विस्तारको तयारी थालेका थिए । शनिबार दिउँसाे महानगरपालिकाले खुलामञ्चकाे बसपार्क क्षेत्रमा बनेका अवैध संरचना भत्काउने निर्णय गरेपछि दुईवटा डाेजर परिचालन गरेर भत्काउन सुरु गरेका हाे ।

डाेजर परिचालनसँगै काठमाडाैंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगर प्रमुख बिद्यासुन्दर शाक्य लगायत खुलामञ्च क्षेत्र पुगेका थिए ।डोजर चल्दा चर्को सलामी तिरेर सटर भाडामा लिएका व्यवसायीहरुले अवरोधको प्रयास गरेका थिए ।

सो क्रममा उनीहरुले समाचार संकलनमा पुगेका पत्रकार समेतलाई आक्रमणको प्रयास गरेका थिए । आक्रोशित हुँदै व्यवसायीहरु आक्रमणमा उत्रिएपछि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यापारीले अवैध ती सटर तीनदेखि १० लाख रुपैयाँ माथिसम्ममा खरिद गरेका थिए भने सटरको भाडा प्रतिमहिना ८ देखि १२ हजारसम्म तोकिएको थियो ।

सटर भाडामा लिनेमा अधिकांश फुटपाथमा व्यापार गर्ने साना व्यापारी हुन् ।उनीहरूले बिचौलियाको माध्यमबाट सटर खरिद गरेका थिए । सटर खरिदमा झन्डै ३ करोडको चलखेल भएको बताइन्छ ।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्कीले महानगरपालिकाको निर्णयमा भन्दा पनि ‘माथिको आदेश’ डोजर चलाइएको प्रतिक्रिया दिइन् । तर, कहाँबाट आदेश आएको हो भन्नेबारे उनले नखुलाएपनि प्रधानमन्त्री कार्यालयको आदेशमा डोजर चलाइएको बताइएको छ ।

प्रधानमन्त्री कार्यालयको आदेशमा डोजर चलाइएको बताइएको छ । काठमाडौं महानगरपालिले खुलामञ्चमा अतिक्रमण गरेर बनाइएका सटर भत्काएपछि उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् ।

उपमेयर खड्गी केही साताअघि सोही ठाउँमा पुगी निर्माणधिन अवस्थामा रहेको सटरहरुको अवलोकन गर्दै व्यवसायीहरुलाई सल्लाह सुझाव दिएकी एक आक्रोशित व्यवासायीले बताए ।

तर, आज उक्त ठाउँमा डोजर परिचलन गरेर सटर भत्काइसकेपछि पुगेकी उपमेयर खड्गीमाथि आक्रोशित व्यवसायीहरुले आक्रमणको प्रयास गरेका हुन् ।