आजबाट कक्षा १२ को परीक्षा सुरु ,,

वैशाख १५ , काठमान्डौ – आजबाट कक्षा १२ को वार्षिक परीक्षा आजबाट सुरु हुदैँछ । परीक्षामा कक्षा १२ मा चार लाख २८ हजार ५२ गरी कुल नौ लाख ३६ हजार ५४६ परीक्षार्थी सहभागी हुनेगरेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी गरेको छ।

परिक्षा आजबाट शुरु भई वैशाख २९ गते समाप्त हुने छ। यसैगरी बोर्डले परीक्षामा अमर्यादित कार्य गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवानाको व्यवस्था गरेको छ ।

तेस्तै यसैगरी कक्षा ११ को परीक्षा वैशाख २९ गतेबाट सञ्चालन हुनेछ । उक्त परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी हुनेछन् । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा ११ र १२ का लागि देशभरिमा एक हजार १०७ परीक्षा केन्द्र कायम गरिएको जानकारी दिए ।

lekbesi

परीक्षालाई मर्यादितरूपमा सञ्चालन गर्न १३ हजार २८४ जना सुरक्षाकर्मी परिचालन गर्न लागिएको छ ।