हेलिकोप्टर सहित चिकित्सक टोलि हुम्ला पाठईयो ,,

वैशाख १५ , हुम्ला – हुम्लाको ताजाकोट गाउँपालिमा हेलिकोप्टरसहित औषधि लिएर चिकित्सकको टोली हुम्ला पुगेको छ । प्रदेश सरकारको पहलमा हेलिकोप्टरमार्फत औषधिसहितको चिकित्सक टोली प्रभावित क्षेत्र पुगेको कर्णालीका सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

हुम्लामा अज्ञात रोगका कारण ९ जनाको मृतु भयको छ गाँउपालिकामा थुप्रै बिरामी परेका छन् ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको छ । सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धार गर्ने काम गरिरहेको छ।

हुम्लाको स्वास्थ्य चौकीमा पर्याप्त औषधि हुन्दैन र स्वास्थ्यकर्मीसमेत नियमित स्वाथ्यचौकीमा नभेटीनाले बिरामीलाई थप कस्टकर छ बिरामीहुने हरुमा स्वस्प्रशासको समस्या हुने र मृतु हुने गरेको मैला स्वास्थ्यचौकीका अहेब मोतीलाल जैसीले जानकारी गरे।

lekbesi

मृतु हुनेमा दुई जना बालक छन् भाने सात जना बृद्द छन्। शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको थियो । यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार छन् । यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको छ ।