पाल्पामा जिप दुर्घटना, ५ को मृत्यु,,

वैशाख १६ , काठमान्डौ – पाल्पामा अजन्ति बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृतु भयको छ। लु १ ज १९४१ नम्बरको जीप पाल्पाको निस्दी गाउँपालिका,७ ज्यामिरेको चारघरेमा सोबार दिउँसो जीप दुर्घटना भयको हो।

मृत्यु हुनेहरुमा त्यसका चालक बुद्धिवल क्षेत्री, निस्दी गाउँपालिका,७ का खडगबहादुर सोमै, देवलाल खनगाह, लालबहादुर सारु र सन्तबहादुृर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

जीप बिहेका लागि निस्दीको मित्याल भीरपानीमा दुलाहादुलही छाडेर हुवास फर्कने क्रममा दुर्घटना भएको हो ।

lekbesi

दुर्घटनास्थल तानसेनबाट झण्डै ६० किलोमिटर पूर्वमा पर्छ जीप सडकबाट झण्डै ५ सय मिटर तल खसेको पाल्पा प्रहरी प्रमुख एसपी विश्वमणि पोख्रेलले जानकारी दिए ।