रुकुम चौरजहारी

पुतलीसडकस्थित सेयरमार्केट भवनमा आगलागी ,,

रुकुम आठ विसकोट

रंग दर्पण – काठमाडौं : पुतलीसडकस्थित शेयर मार्केट कम्प्लेक्समा सोमबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीबाट भवनको पाँचौ तलामा रहेको एजुकेसन सेन्टर पूर्ण रुपमा जलेको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बिहान १० बजेदेखि लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासमा नियन्त्रणमा आएको छ।

भवनको पाँचौ तलामा रहेको एनआइसी एजुकेसन सेन्टर पूर्ण रुपमा जलेको छ। आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ। एसएसपी पोखरेलका अनुसार ग्या लिक भएर आगलागी भएको अनुमान छ। प्रहरीले अनुसन्धान गरिरेको उनले बताए।

रेशम चौधरीले गरे आत्मसमर्पण ..

 

काठमाडौं :  टिकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीले आत्मसमर्पण गरेका छन्  । कैलाली क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका चौधरीले सोमबार बिहान जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

२०७२ भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहार हत्याकाण्डमा उनी मुख्य दोषि रहेको आरोप लाग्दै आएको छ । चौधरी टीकापुर घटनापछि भारत बस्दै आएका थिए ।

भारतमै रहेर राजपाको तर्फबाट कैलाली १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारी दिएका चौधरी ३४ हजार ३ सय ४१ मतसहित विजयी भएका थिए। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाह १३ हजार ४०६ मत ल्याएर पराजित भएकी थिइन्।