प्रदेश २ मा नेकापा नेतृत्वको सरकार गठन हुन सक्छ‘प्रचण्ड,

Naumule

वैशाख,१७ काठमाडौं – प्रदेश २ को सरकारले तराई मधेशको हितमा काम गर्ननसकेको (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तर्क गरेका छन्। फोरम-राजपाको गठबन्धन सरकारले तराईमा मधेशी जनताको हक हितको लागि काम गर्ननसके पछि प्रदेश २ मा नेकापा नेतृत्वको सरकार गठन हुनसक्ने प्रचण्डले दाबि समेत गरेका छन्।

ललितपुरको खुमलटारस्थित निवासमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले मधेशमा अहिले जुन सरकार चलेको छ ।त्यो जनताको हित विपरित छ। अब नेकपाको नेतृत्वमा सरकार बन्न पर्छ उनले भने ।

अहिले तराईमा झन् बैमानी देखियो झन् बढी भ्रस्टाचार देखियो योजना निर्माणमा व्यक्ति-व्यक्तिको फोन नम्बरसमेत रेड बुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो ।यस्तै हो भने यो सरकार बिघटन गरि नेकपाको नेतृत्वको सरकार गठन गर्नपर्ने देखिन्छ प्रचण्डले भने।

Gurvakot

हामीले चाहने हो भने वा विभिन्न खालका चल खेल गर्ने हो भने अहिले भर्खर नेकपाको सरकार बन्नसक्ने उनले दाबि गरे। तर हामीले फेरि उहाँहरुले बनाएको सरकार राम्रो काम गरोस्, हाम्रो साथ हुन्छ भनेर भनेको हो ।’कार्यक्रममा तराई मधेस फोरमका अध्यक्ष अमर यादवसहितको टोलीलाई प्रचण्डले नेकपा प्रवेश गराएका थिए ।

प्रचण्डले सरकारले आगामी नीति तथा कार्यक्रममा तराई मधेसका लागि विशेष प्याकेजको व्यवस्था गर्नेबारे पार्टीमा छलफल भएको जानकारी दिए । हाल प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाको संयुक्त सरकार छ ।

सबैभन्दा ठूलो दल भए पनि नेकपा सरकार बाहिर छ । प्रचण्डले भनेको जस्तो प्रदेश २ मा अहिले भएको सरकार ढालेर नेकपाको नेतृत्वमा बनाउन सत्तारुढ फोरम वा राजपामध्ये एकको समर्थन चाहिन्छ ।

Bangad kupinde