Simta
Gurvakot
Gurvakot

दुवै छोरीलाई बाबुले बलात्कार गर्दा बहिनीले गरिन आत्महत्या दिदि भागेर प्रहरीका ,,

वैशाख, १७ विराटनगर – आफ्नै दुई छोरीलाई बारमबार बलात्कार गर्ने बाबु विरुद्द छोरीले उजुर गरेकी छिन। तेतीमात्रै हैन बाबुले बलात्कार गरेपछि १० वर्षीय नाबालकले आत्महत्या गरेकी छिन।

मोरङको बेलबारी नगरपालिका- ११ मा बस्दै आएकी १० वर्षीय बालिकाले आत्महत्या गरेपछि १४ वर्षीया दिदीले बुवाबिरुद्ध बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएकी हुन् ।

प्रहरीका अनुसार आइतबार आफ्नै घरमा झुण्डिएको अवस्थामा बालिकाको शव भेटिएको थियो । आइतबार झुण्डिएको अवस्थामा बहिनीको शव फेला परेपछि सोमबार उनकी दिदीले झड्केलो बुवाबिरुद्ध बलात्कार प्रयासको किटानी जाहेरी दिएकी हुन् ।

lekbesi
Simta

दिदीले दिएको उजुरीमा भने बुवाले बलात्कार प्रयास गरी दिएको मानसिक यातनाका कारण बहिनीले आत्महत्या गरेको दावी गरिएको छ ।

बालिकाको उजुरीपछि सोमबार नै झड्केलो बुबालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । बुबालाई जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

आईतबार आमाबुबा काममा निस्कीएकोबेला बालिकाले घरको सिलिङमा पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । १० वर्षीय बालिकाले कसरि पासो लगाईन वा पासो लगाईयो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीका अनुसार गत वैशाख १ गते झड्केलो बुबाले उजुरी गर्ने छोरीलाई जबरजस्तीकरणी प्रयास गरेका थिए । उनि भागेर बचेकी थीइन उनले आफन्तलाई बाबुको व्यवहार सुनाएपनि आफन्तमा थामथुम पारियो आफूमाथि दुर्व्यबहार भएको १५ दिनपछि बहिनीले आत्महत्या गरेपछि दिदीले बुबाबिरुद्ध जाहेरी दिएकी हुन् ।