दाँयामा कांग्रेसका मजदुर बाँयामा नेकपाका मजदुर आफ्नो पार्टीको झण्डा बोकेर श्रमिक दिवस रे ,,
वैशाख १८ , काठमान्डौ – आज देशैभर १३० औ अन्तरास्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरि मानाईदैछ। सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको आन्दोलनको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मई १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाइन्छ ।
आज संसारका मजदुर एक भयर आफ्नो आवाज बुलन्द गर्ने दिन हो तर तेसो नभई काठमान्डौमा आ आफ्ना पार्टीक झण्डा बोकेर भात्री संगठनहरु नारा लगाउदै हिडेको प्रस्ट देखियो।
श्रमिक दिवसको दिनमा सडकको दायाँतिर कांग्रेसका मजदुरहरुको जुलुस छ भने वायाँ किनारामा सत्तारुढ नेकपा समर्थक मजदुरहरुको बेग्लै जुलुस निस्किएको छ । सत्तारुढ नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले सुन्धाराबाट प्रभातफेरि सुरु गरी भृकुटीमण्डपसम्म पुगेको थियो ।
त्यसैगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसले भद्रकालीबाट र्याली सुरु गरी प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा पुगेर सभा गरेको थियो ।दुई पार्टी निकट मजदुर संगठनको र्याली सडकको छुट्टाछुट्टै भागबाट अघि बढेको थियो ।
सुन्धारामा नेकपा निकट मजदुर संगठनको र्याली सडकको बायाँ भागतर्फबाट अघि बढेको थियो भने कांग्रेस निकट मजदुर संगठनको र्याली सडकको दाया भागबाट अघि बढेको थियो ।त्यसैगरी स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघले बिहान बबरमहलदेखि नयाँ बानेश्वरसम्म जुलुस र कोणसभा गरेको थियो ।
वास्तवमा श्रमिकका आफ्नै पिडा छन् जतिसुकै सरकार आयपनी कानुन लाद्न खोजेपनि गरिब दीनदुखीको कहिले जिबन फेरियन। , गैर नेपालि कामदारको लागि अनिवार्य स्वीकृति हुनपर्ने दर्ता आयोगमा आत्र अकं गर्न पर्ने ,पिस र रेटको काम्मर्यदित र जिवानुपयोगी बनाऊ,अनौपचारिक क्षेत्रमा सामाजिक सिरक्षा लागु गरौ , संसारका मजदुर एक हौ ,।