suekhet
bheriad

लामो समयदेखि खोजीमा परेका गाँजा मालिक पक्राउ ,,

lekabesi

वैशाख, १८ हेटौंडा – अवैध लागूऔषध गाँजा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ भने लामो समयदेखि खोजीमा परेका गाँजामालिकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरले ७१ किलो गाँजासहित मालिक रौतहटको चन्द्रपुरका २६ वर्षीय गौरीशंकार यादव र ट्रक चालक २७ वर्षीय कर्णबहादुर हमाललाई पक्राउ गरेको हो । पक्राउ पर्ने गरेका धेरै गाँजा तस्करले अहिले पक्राउ गरिएको गाँजा मालिक गौरीशंकार यादवको नाम लिने गरेको प्रहरीले जानकारी गरेको छ ।

हेटौंडाको नारायणगढ सडकखण्डस्थित लेवटबाट एक लाखमा खरिद गरेर यादवले लागेको र उनले विक्रीका लागि लागेको मकवानपुरका एसपी मुकेशकुमार सिंहका जानकारी गरेका छन् ।

यादवले ना ५ ख ८१६४ नम्बरको ट्रकको क्याविन मुनि गाँजा लुकाएका थिए । उनको साथबाट ३० हजार रुपैयाँ नगद पनि बरामाद गरेको छ । पक्राउ परेकाहरुलाई अनुसन्धानमा राखीएको छ।

कारोबारोमा संलग्नलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार २ देखि १० वर्षसम्म कैद र १५ देखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुई हुनसक्छ । तेस्तै ओसारपसार मा प्रयोग गरिएका ट्रक तथा अन्य साधनपनि जफद हुने प्रावधानमा रहेको प्रहरीले जानकारी गरेको छ।