suekhet
bheriad

रक्सी तस्करले लुटेको प्रहरीको पेस्तोल खरबारीमा भेटियो ,,

lekabesi

वैशाख १८ , जनकपुरधाम – रक्सि तस्कर समुहले धनुषाबाट प्रहरीको लुटेको हतियार फेला परेको छ। धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका १ स्थित नेपाल–भारत सिमा नजिकै ७ः३० बजेतिर हतियार फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी रामेश्वर कार्कीले दशगजा नजिकै नेपालपट्टीको एउटा खरबारीमा लुटिएको हतियार फेला परेको जानकारी दिए । गस्तीमा रहेको प्रहरी र भारतमार्फत रक्सि तस्कर गर्ने समूहबीच झडप हुँदा तस्करहरुले बुधबार बिहान २ बजेतिर प्रहरीको हतियार लुटेका थिए ।

गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोद कुमार साहको साथमा रहेको एक थान चाइनिज पेस्तोल र त्यसमा लाग्ने म्यागेजिन तस्करहरुले लुटेर लगेका थिए । हतियार फेलापरेपनि हतियार लुट्ने व्यक्ति फरार छन् प्रहरीले तस्करको खोजि गरिरहेको छ ।