suekhet
bheriad

चक्रवात उत्तर देखि पश्चिम दिशातर्फ काठमान्डौमा पल्टिए रोकेका बाईक, सतर्क रहन मौसमविदको आग्रह ,,

lekabesi

वैशाख १९ , काठमान्डौ – हिजो साँझ राजधानीमा एककासी आएको हावा हुरीले रोकेका बाईक समेत पल्टायो , विभिन्न ठाँउमा रुख ढल्नुका साथै घरका छतसमेत फाल्यो  ।

हिमाली भू भागमा ठुलो वर्षा सहित हिमपात पनि पर्यो बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेको हुनाले सबैलाई सतर्क रहन मौसमविदले जानकारी गरेका छन्  ।

बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलो प्रभाव अहिले नपरे पनि जति खेरपनि प्रभाव पर्न सक्ने भयपछि सबैमा सावधान रहने महाशाखाले आज विज्ञप्ति जारी गर्दै जानकारी गरेको छ  ।