suekhet
bheriad

नेपालमा बर्डफ्लुबाट एकजनाको मृतु मासुमा सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह ,,

lekabesi

वैशाख १९ , काठमान्डौ – नेपालमा पहिलोपटक बर्डफ्लुबाट एक जनाको मृतु भयको छ। नेपालमा हाल सम्म कुखुरा र पन्छीमा मात्र बर्डफ्लु देखा परेपनि मान्छेको मृतु भयको भने पहिले पटक हो।

स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै २१ वर्षीय युवकको बर्ड फ्लुबाट मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो र रुघाखोकीबाट पीडित भएपछि ती युवक चैत १० गते अस्पताल भर्ना भएका थिए ।

भोलिपल्ट उनको घाँटीको र्‍याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयो । सोही दिन उनलाई इन्फ्लुयन्जाविरुद्धको औषधिसमेत दिइएको थियो । तर, १५ चैतमा उनको उपचारकै क्रममा मृत्यु भयो ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले भाइरसको प्रकार पत्ता लागेन ।

त्यसपछि विश्व स्वास्थ्य संगठन जापानस्थित प्रयोगशालामा र्‍यालको नमूना पठाइएको थियो ।वैशाख १७ गते प्राप्त नतिजामा इन्फ्लुएन्जा ए एच फाइभ एन वान संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एच फाइभ एन वानबाट मानिस संक्रमित भएको नेपालमै पहिलो पटक हो ।मन्त्रालयका अनुसार अरु विरामीमा भने एच फाइट एन वानको संक्रमण देखिएको छैन ।

एच फाइट एन वान भाइरसले पंक्षीबाट संक्रमण गर्छ र कहिले काहीँ पक्षीबाटै मानिसमा समेत सर्छ ।यो भाइरस पहिलो पटक १९९६ मा पत्ता लागेको थियो । विश्व श्वास्थ्य संगठनका अनुसार २००३ देखि हालसम्म विश्वभर ८६० जनामा एच फाइट एन वान भाइरसको संक्रमण भएको छ ।

त्यसमध्ये आधा जत्ति (४५४) मानिसको मृत्यु भएको तथ्यांक छ । तर, अहिलेसम्म एच फाइभ एन वान भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भने भएको छैन ।

खुल्ला ठाँउमा राखीएका मासु पसल बाट मासु खरिद नगर्न साथै मासु पकाउदा राम्रो संग पाकाएर मात्र खान चिकित्सकको सल्हा छ । केहि महिना अगाडीमात्र पनि भारत बाट लुकीछिपी भित्र्याईका कुखुरा प्रहरीले नस्ट गरेको थियो।