सामाजिक संजालभरि कलाकार दिपक राज गिरिको आलोचना दर्शक भन्छन घमण्ड बढी भो ,,

नायक दिपक राज गिरिको स्टाटसले सामाजिक संजालमा दर्शकको मन दुखेको प्रतिक्रिया छ भने कतिपयले घमण्डले बोलेको र दर्शकमा नराम्रो प्रतिक्रिया दिने गरि बोलेको जानकारी गरेका छन् ।

पछिल्लो समयमा चलचित्रबाट राम्रो प्रतिक्रिया पाएका दिपक राज गिरिमा अहिले भने दर्शकबाट नराम्रो प्रतिक्रिया आउन थालेको हो।

केहिदिन मात्र अगाडी चलचित्र छक्का पन्जा २ लाई पुन हलमा प्रदर्शन गरेपछि हलमा भने जस्तो दर्शक उपस्थित नभएको दिपक राज गिरीले जानकारी गरेका थिय।

lekbesi

दर्शकले भने एक पटक लागिसकेको चलचित्रलाई युटुबमा राख्न आग्रह गरेका थिय । दोश्रो पटक रिलिज गरीएको चलचित्र छक्का पन्जा २ बाट उठेको ठुलो हिस्सा सामाजिक सेवामा सहयोग गर्ने निर्माण पक्षले जानकारी गरेपनि यो सफल हुन सकेन। सायद दिपकले यसैको रिस पोखेको अनुमान लगाउन सकिन्छ ।

यो विषयमा दिपक राज गिरिले नेपालि चलचित्र हलमा लाग्दा नाक खुम्च्याउने र हिन्दि चलचित्र लाग्दा तिन हात माथि उफ्रने दर्शकहरु भनेर सामाजिक संजालमा स्टाटस लेखेका छन् ।

महजोडी देखि नेपालका चर्चित नायक नायिका रहेको चलचित्र दाल
भात तरकारी भोलि वैशाख २० गते देखि हलमा प्रदर्शन हुँदै छ ।उक्त चलचित्रको पोस्ट गर्दै दिपकले नाक खुम्च्याउन तयार हुनुस समेत लेखेका छन् ।