फानी भनेको के हो ? नेपालमा आउने सम्भावना के छ आईतबार सम्म मौसमयस्तै रहन्छ ,,

वैशाख २०,नवलपरासी – आज बिहानैबाट नवलपरासीमा भारि वर्षा संगै हावा हुरी आएको छ। हावा हुरीका कारण जिल्लाका गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकालगायतका विद्यालय क्षेत्रहरु बन्द छन् ।

मौसम पूर्वानुमान शाखाका अनुसार, कावासोती आसपास क्षेत्रमा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन मौसमविदहरुले आग्रह गरेका छन् ।

हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अधिकांश विद्यालय बन्द गरिएको जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरलले जानकारी दिए ।

प्रचलित कानुन अनुसार बन्द गर्न नमिलेपनि हावा हुरीले जिल्लामा घटना हुनसक्ने भन्दै सबै विद्यालयमा सुचना गर्दै विद्यालय नाउन आग्रह गरिएको हो

यो पनि पढ्नुहोस ,,

नेपालमा फानी आँउदैन मौसमविद ,,

समुद्री आँधी ‘फानी’ को असर नेपालसम्म पर्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । तर, फानी नै नेपाल आउने सम्भावना भने कम रहेको मौसमविदले जानकारी गरेका छन् ।

बंगालको खाडीको ओडिसा तटीय क्षेत्र नजिकैबाट विकसित चक्रवात प्रणाली शुक्रबार मध्याह्न ओडिसाको तटीय क्षेत्रमा भित्रिने र त्यसको प्रभाव नेपालसम्म पर्ने मौसमविद्हरुको अनुमान छ । प्रभावस्वरुप वर्षा तथा हावाहुरी चले पनि समुद्री आँधी फानी नेपालसम्मै आउने सम्भावना तत्काल देखिएकाे छैन ।

चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा आज (शुक्रबार) र भोलि (शनिबार ) मौसम प्रभावित भई पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन/चट्टयाङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने तथा एक दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ,’ जल तथा मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै लेखेको छ ।

फानीको प्रभाव देशको हिमाली भेगमा पनि पर्ने लख महाशाखाले काटेको छ । महाशाखाका अनुसार, यसकाे असरले हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपातको सम्भावना छ ।फानी समुद्री आँधी हो । यसको प्रणाली समुद्री क्षेत्रमा विकसित हुने गर्छ । यसपटक बंगालको ओडिसा तटीय क्षेत्रमा यसको विकास भएको बताइएको छ ।