suekhet
bheriad

चट्याङ् लागेर नवलपरासीमा गाउपालिका सदस्य सहित एकै परिवारका तीन जना गम्भीर घाइते ,

lekabesi

वैशाख २० ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिमीमा शुक्रबार बिहान आएको हावाहुरी र चट्याङ् परि बुवा आमा र छोरा गरी तीन जना घाइते भएका छन् । प्रतापपुर गाउँपालिका वडा नं.-६ कठहवा बस्ने ६० वर्षको गोबरी मिया, ५५ वर्षकी हदिसुन नेशा र २५ वर्षको छोरा भुलई मिया गरी तीन जना घाइते भएका छन ।

घर नजिकै रहेको उखु खेतमा ट्रेक्टर ट्रालीमा उखु लोड गरिरहेको बेला हावाहुरी संगै पानी परेको समय ट्रालीको तल बसेको बेला चट्यांग परेको र एकै परिवारका तीन गम्भीर घाइते भएका छन भन्ने घटना स्थलमा बाख्रा समेत मरेको गूठि प्रसौनीका प्रहरीका इन्चार्ज घनश्याम रिमालले जानकारी गराएका छन ।

घाइते मध्ये हदिसुन नेशा गम्भीर घाइते रहेको र उनी प्रतापपुर गाउँपालिकाको सदस्य समेत रहेको रिमालले जानकारी गराउनु भएको छ । उनीहरूकाे उपचार भारतको उत्तर प्रदेशको निचलौमा भइरहेको छ ।

Gepostet von Angad Yadav am Donnerstag, 2. Mai 2019

 

 

Gepostet von Angad Yadav am Donnerstag, 2. Mai 2019

 

 

अंगद यादव /नवलपरासी पश्चिम ,,