दुर्घटना न्युनिकरण गर्न ईलाका प्रहरीको सचेतनामूलक कार्यक्रम ,,

२१ बैशाख – नवलपरासी पश्चिमको ईलाका प्रहरी कार्यालय बेलाटारीले सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि सचेतनामूलक कार्यक्रम शुरु गरेको छ । ईलाका प्रहरीले सडकमा सभ्य अनुशासित रुपमा हिडने र सवारी दुर्घटना न्यूनीकरणको सन्देश दिने सचेतना कार्यक्रम सुस्ता गाउपालिकाको वडा नं.-२ फेनहरा, वडा नं.-३ कुडियाको मुख्य बजारमा र प्रतापपुर गाउपालिका वडा नं.-७ गूठी सूर्यपुरा चौकमा गरिएको ईलाका प्रहरी कार्यालय बेलाटारीको प्रहरी निरिक्षक प्रकाश श्रीमलले बताएका छन ।

सवारी चालक अनुमतिपत्र, सवारीको कागजात सवारी चलाउदा संगै राख्ने, सवारीसाधनमा ओभरलोड सवारी नराख्ने, मादक पदार्थ सेवन गरि मांसिक तनावमा सवारी नचलाउने, सडकको अवस्था भिडभाडको अवस्था संवेदनशीलता हेरि गति सिमित गर्ने ध्वनी प्रदुषणको ध्यान दिई अनावश्यक हर्न प्रयोग नगर्ने जस्ता सचेत पार्ने कार्यक्रम गरिएको बेलाटारी सहायक प्रहरी निरिक्षक घरभरन गुप्ताले जानकारी गराएका छन ।

सवारीसाधन चालकहरुलाई हेल्मेटको फिताको प्रयोग, चार पाङ्ग्रे बोलेरो कार भ्यानको सवारी चालकहरु सिट बेल्टको प्रयोग गरि सवारीसाधन चलाउने, सवारीसाधन चलाउदा मोबाइलफोनको प्रयोग नगर्ने र अोभरटेक सम्बन्धि सचेतना गराइएको ट्रफिक प्रहरी जवान संतोष गुप्ताले बताए ।
अंगद यादव/नवलपरासी पश्चिम ,,