१ सय ४३ यात्रु बोकेको विमान चिप्लीएर नदीमा खस्यो ,,
वैशाख २१ एजेनसि – यो अमेरिकाको फ्लोरिडाको समाचार हो अमेरिकाको फ्लोरिडामा १ सय ४३ जना यात्रु बोकेको बोइङ जहाज रनवेबाट चिप्लिएर पानीमा दुर्घटना भएको बिबिसीले जनाएको छ ।
चार्टर गरिएको बोइङ ७३७ जहाज शुक्रबार राती अवतरण क्रममा हावाहुन्डरी आएपछि हुत्तिएर क्याम्प नजिकैको सेन्ट जोन्स नदीमा पुगेको हो । मायामी एअर इन्टरनेशनलको सञ्चालनमा रहेको उक्त जहाज क्युबाको गुवान्टान्मो बेबाट उडेको थियो।
यसको गन्तव्य फ्लोरिडाको ज्याकसोनभिला सहरस्थित आर्मी क्याम्प थियो। यात्रुका अनुसार जहाज भुइँमा नराम्ररी बजारिएर उफ्रेको थियो। पाइलटले नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको जहाज दुई-तीन पटक उफ्रेको यात्रुहरूको भनाइ छ। जहाजमा १ सय ३६ जना यात्रु र ७ जना कर्मचारी थिए।

जहाजमा धेरै नै क्षति भएको छ भने कम्तीमा २० यात्रु सामान्य घाइते भएका छन्। उनीहरूलाई नजिकैका अस्पतालमा उपचारका निम्ति पठाइएको बिबिसीका जानकारी गरेको छ । हामी नदीमा थियौं वा समुद्रमा भन्ने यकिन भएन,एककासी पानीमा पुगेको रैछौ यात्रुले भने ।