suekhet
bheriad

सरकारी सर्भर ‘डाउन, हुँदा देशभर सेवा प्रभावित ,,

lekabesi

वैशाख, २२ काठमाडौं – आज बिहानदेखि देशभरका सरकारी कार्यालयका वेबसाइट खुल्न छाडेका छन् । सरकारी सिस्टम gov.np डाउन भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् ।

सरकारी सर्भर डाउन भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् । जसले गर्दा सेवाग्राही प्रभावित भएका छन् ।सर्भर डाउन भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको हो ।

विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् । एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको छ ।

पछिल्लो समय सरकारले विभिन्न सेवालाई अनलाईबाट कामगर्ने मध्यम बनाउदै आएको छ । एकैपटक सर्भरमा उच्च ट्राफिक आउँदा सर्भर डाउन भएको केन्द्रले जवानकारी दिएको छ ।

सरकारी कार्यालयहरुमा पछिल्लो सयममा अनलाइन सेवा दिने क्रम बढेपनि त्यस अनसुसार सर्भरको क्षमता विस्तार नगर्दा समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी)ले जनाएको छ ।

जीआईडीसीका सहकायक निर्देशक रमेश पोखरेलका अनुसार आईतबार देखिने सर्भरको समस्या समाधान भईसकेको भनेपनि आज देखि सर्भरमा केहि सुधार आउने जानकारी छ सर्भर डाउनको समस्या बारम्बार देखिने गरेको उनि बताउछन

‘ट्राफिक अनुसार क्षमता त बढाइरहेका छौं, कहिलेकाँही सरकारी कार्यालयमा कर्मचारीको अनभित्रताले ए ठाउँमा जोड्ने पर्ने तर अन्तै जोडिदिन्छन्, त्यसले पनि सिस्टdmलाई समस्यामा पार्छ,’ उनले भने,’अन्य खालका ब्रेाडकास्ट लगायतमा प्राविधिक समस्या पनि हुने गर्छ । तर, दिउँसो कुनै मुख्य सर्भरमा निर्भर कुनै सरकारी वेबसाइटहरु खुलेका छैनन् ।