नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो कि निद्रामा राजेन्द्र महत्व ,,

वैशाख २२ , काठमान्डौ – सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तोता रास्ट्रपति विद्यादेवी भण्डारी मेरो सरकारको वाचनलाई लिएर चौतर्फी विरोध भयको छ ।

यो मेरो सरकारले नेकपा भित्र पनि खैलाबैला देखिएको छ । रास्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकारले भनेर २१ पटक प्रस्तुत गरेको विषयमा विभिन्न पार्टीमा आलोचना गरिएको छ ।

तेस्तै राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रम भाङ खाएर लेखेको हो भन्ने प्रश्न गरेका छन् ।सरकारको नीति तथा कार्यक्रमको सातौं बुँदामा संविधान कार्यान्वयनमा सिंगो राष्ट्रलाई एक जुट बनाउन सफल भएको र संविधानको सर्वस्वीकार्यता र स्वामित्वमा विमती नरहेको उल्लेख गरिएको छ ।

lekbesi

नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै राजपाका नेता राजेन्द्र महतोले प्रश्न गरे, ‘‘यो संविधानमा विमती छैन रे भो अब ! कसरी विमती छैन हो ? कहिलेदेखि विमती भएन ?’

आफूहरुले सरकारलाई समर्थन दिने बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले रोष्टमबाटै संविधान संशोधनको आश्वासन दिएको महतोले स्मरण गरे । ‘विमती रोष्टमबाट स्वीकार गर्ने अनि यो नीति कार्यक्रममा विमती छैन भनेर लेख्ने ?

भाङ खाएर नीति कार्यक्रम लेख्या हो र ? उनले संविधानलाई धर्मग्रन्थ जस्तो नठान्न चेतावनी दिए । ‘जबजब बाइबल, कुरान, गीता, महाभारत संविधानलाई बनाइन्छ नी त्यो संविधान गइहाल्छ, बाईबाई भइहाल्छ,’ उनले भने । नीति तथा कार्यक्रम शाही सम्बोधनको शैलीमा समेत गरिएको महत्वको आरोप छ ।