माध्यामिक शिक्षाको प्रश्नपत्र आउट गर्ने प्रहरी जवानद्वयलाई कारागार ,,
वैशाख २२ ,काठमाडौँ – सिराहामा गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रश्नपत्र आउट भयपछी परिक्ष स्थगित भएको थियो ।
परिक्षा स्थगित भयपछि विद्यार्थीले परिक्षा दिन पाउनुपर्छ भन्दै आन्दोलन गरेका थिय। आन्दोलनमा विद्यार्थीले प्रहरीको गाडी जलाउनुका साथै तोडफोड पनि गरेका थिय ।
प्रश्नपत्र कसरि बाहिरियो भन्ने बारेमा अनुसन्धानमा प्रहरीले संलग्न रहेका दुई प्रहरीसहित ६ जनालाई पक्राउ गरेको थियो ।पक्राउपछि उनीहरुले गल्ति स्वीकारेका थिय, उनि दोय प्रहरी जवान ब्रहमदेव यादव र दीपेन्द्र मण्डललाई पूर्पक्षका लागि कारागार पठाएको हो । प्रहरी जवानद्वय यादव र मण्डल इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा कार्यरत रहेका थिए ।
पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका–१० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई अदालतका न्यायाधिश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले जनही रु एक लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश गरिएको अदालतले जनाएको छ ।
त्यस्तै राजविराज नगरपालिका–१६ निवासी शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ निवासी १७ वर्षीय राजेश यादव, सोही ठाउँका १७ वर्षीय उमेश यादव र तराकान्त इसरलाई जनही रु एक लाख धरौटीमा रिहा गर्न आदेश दिइएको जनाइएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईवी)का प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीको नेतृत्वको टोलीले गत चैत प्रहरी जवानद्वय यादव र मण्डलमार्फत परीक्षा अगावै सार्वजनिक भएको भन्दै उहाँहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकामाथि प्रहरीले सरकारी लिखत किर्ते र परीक्षा मर्यादा विपरीत कार्य सम्बन्धित मुद्दा चलाएको हो ।
इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको स्थानबाट निकालेर फोटो खिची ब्रहमदेवले इमोमार्फत आफ्नो दाई विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो । भाई ब्रहमदेवले पठाएको प्रश्नपत्र विष्णुदेवले सामाजिक सञ्जालमार्फत शिक्षक रहेका मनोजलाई प्रश्नपत्रको फोटो पठाएका थिए । त्यसपछि मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो ।