suekhet
bheriad

गोरखामा नेत्र विक्रम चन्द विप्लवका नेता र प्रहरीबीच हात हालाहाल दुई जना पक्राउ ,,

lekabesi

वैशाख,२२ गोरखा – गोरखामा नेत्रविक्रम चन्द विप्लव र प्रहरीबीच हात हाला हाल भयको छ ।, हात हालाहाल पछि प्रहरी नेत्र विक्रम चन्द विप्लव नेतृत्वका दुई जना कार्यकर्तालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा विप्लव नेतृत्व नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्ट रहेको ’ एसपी भोला रावलले जानकारी दिए ।४७ बर्षका कुमाल गोरखा नगरपालिका दश किलोका हुन् भने ३७ बर्षका भट्ट भिमसेन थापा गाउँपालिका मसेलका हुन् ।

दुईजना बसिरहेको भन्ने शंकामा गस्तीमा गयको प्रहरीले पालुङटार नगरपालिका,७ खोलाघाटबाट आइतवार साँझ उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गस्ती टोलि नजिक जाँदा विप्लव कार्यकर्ता भाग्न खोज्दा तानातान समेत भयको रावलले जानकारी गरे, भाग्ने क्रममा लडेर जिल्ला सेक्रेटरी भट्टको खुट्टा र र एकजना प्रहरी जवानको हात मर्किएको छ ।

उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता हुने प्रहरीले बताएको छ । प्रहरीले यो भन्दा पहिले पनि ठाँउ, ठाँउबाट विप्लव नेतृत्व कार्यकर्तालाई पक्राउ गरेको छ।