Simta
Gurvakot
Gurvakot

विमान गुड्दै गर्यो आगो लाग्दै गर्यो ४१ जनाको मृतु ,,साथमा भिडियो पनि ,

वैशाख २३ , काठमान्डौ – मस्कोमा आपतकालीन अवतरण गर्दा विमानमा आगलागी हुँदा ४१ जनाको मृतु भएको छ ।मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट-१०० विमानमा आगलागी भएको हो ।

विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए ।उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो ।

विमानमा आगो लागेको भिडियो सामाजिक संजालमा सेयर गरिएको छ जहाजको पछाडीको भागमा ठुलो आगलागी भई आगोको कालो मुस्लो देख्न सकिन्छ ।तेती ठुलो आगलागी हुँदा पनि आपतकालीन द्वारबाट यात्रुहरुको उद्धार गरिएको थियो ।

lekbesi

यो घटनामा बाच्नेहरु चमत्कारी भयको समेत प्रतक्ष्यदर्शीले जानकारी गरेका छन् ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनामा मृत्यु भएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

Simta

रुसको सरकारी विमान कम्पनी एयरोफ्लोटले प्राविधिक गडबडीका कारण विमानलाई फोर्स ल्याण्डिङ गराइएको जनाएको छ । तर, प्राविधिक गडबडीको बारेमा भने विस्तृतमा बताइएको छैन ।

दुर्घटनाको कारणबारे जाँच सुरु गरिएको बीबीसीले जनाएको छ ।सुखोइ सुपरजेट १०० मोडलको विमानले सेरेमेटिएभो विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ६ बजेर २ मिनेटमा उडान भरेको थियो ।

उडा गर्ने बितिकै विमानमा प्राविधिक समस्या देखिएको चालकका एक सदस्यले जानकारी गरेपछि विमान आपतकालीन अवतरण गरिएको थियो क्रममानै विमानमा ठुलो आगलागी भयको हो।