व्यस्त शहर कोटेश्वरमा कसले राख्यो शंकासपद वस्तु ,,
वैशाख २३ , काठमान्डौ – राजधानीको एक वस्त ठाँउ मानिन्छ कोटेश्वर मार्ग , जतिखेर पनि जाम लागि राख्ने ,पैदल यात्रीलाई बाटो काट्न मुस्किल र संसार भरका गन्तब्य स्थानमा हवाईयात्रा गर्न एयरपोर्ट जाने बाटो हो कोटेश्वर ।
उक्त बाटोमा आज संकास्पद भेटिएको जानकारी भएपछि त्यसतरफ प्रहरी र नेपाली सेनाको टोली पुगेको छ । कोटेश्वर चोकदेखि तीनकुनेतर्फ सडकदेखि बाहिर मिनी ट्रकहरु पार्क गरी राख्ने ठाउँमा शंकास्पद झोला भेटिएको महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गोविन्द काफ्लेले जानकारी दिए ।
झोला फेला परेपछि अनुसन्धान भईरहेको र डिस्पोजल टोलि गएको उनले बताए शंकास्पद वस्तु भेटिएका कारण प्रहरीले तीनकुनेदेखि कोटेश्वर चोकतर्फ जाने सडक खाली गराएको छ ।
ती गाडीहरुलाई तीनकुने र कोटेश्वर चोकमा रोकिएको छ । शंकास्पद वस्तु भेटिएपछि कोटेश्वर- भक्तपुर हुदै चल्ने सवारी साधनलाई तिनकुने र कोटेश्वर चोकबाटै डाईभर्सन गरिएको छ भने कोटेश्वरबाट तीनकुनेतर्फ आउने गाडीहरु भने चलेका छन् ।
आज विप्लव नेतृत्वले बन्दको आब्हान गरेको थियो तर कुनै प्रभाव भने परेन विशेस गरि प्रदेश ३ र ४ मा बन्द गर्न लुम्बिनी ब्युरोले बन्दको आवहान गरेको थियो ।