विदेशबाट आउनेलाई टिभी ल्याउन रोक ,,
वैशाख २३ , काठमान्डौ – हुन त जति समान ल्याएपनि एयरपोर्टबाटै नै चोरी हुने गर्दछ , खाडी मुलुकबाट वर्षदिनमा काम गरि आफ्नो घर फर्केर परिवारलाई टिभि देखाउने सपना त्यो पनि अब नेपाल सरकारले बन्द गर्दैछ ।
, केहीमहिना अगाडीमात्र पनि विदेसबाट स्वदेश फर्किने युवाका स्समान चेक गर्ने नाममा विमानस्थलका कर्मचारीले नै चोरी गर्ने गर्दथे। जसको विरोध पनि भयो ।अब लगतै सरकारले आगामी आर्थिक वर्षको बजेटमा विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउनु पर्ने माग गरेको छ ।
नेपालमा सीजी टेलिभिजन उत्पादन गर्दै आएको सीजी इलेक्ट्रोनिक्स कम्पनीले विदेशबाट टिभी ल्याउने व्यवस्था हटाउन माग गरेको हो ।सीजीले वैदेशिक रोजगारीमा जानेले ल्याउने टेलिभिजनको करछुटको व्यवस्था हटाउनु पर्ने माग सहितको पत्र अर्थमन्त्रालयको राजस्व सचिवलाई पठाएको छ ।

अहिले वैदेशिक रोजगारमा गएकाहरुले ३२ इन्चसम्मको टिभी ल्याउन पाउने व्यवस्था छ । यसरी ल्याएको टिभीमा कुनै पनि किसिमको कर तिर्नु नपर्ने छुट छ । यही व्यवस्थाको अन्त्य गर्न स्वदेशी व्यवसायीले लबिङ गरिरहेका छन् ।
विदेशमा निर्माण गरिएका टिभी नेपालमा भित्र्याउदा नेपालमा निर्माण भयका टिभी व्यवसायी बन्द हुने सम्भावना भयको हुनाले र नेपालि अर्थतन्त्रनै खस्किने हुनाले यो कार्य बन्द गर्न उनीहरुको सुझाव छ। साथै विदेश बाट ल्याईने टिभी र नेपालमा पाईने टिभीमा उस्तै फरक नपर्ने उनीहरुको दाबि छ।