प्रतिनिधि सभा बैठकमा कांग्रेसको कराउने मात्र दुख सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित,,
वैशाख २४ ,काठमाडौँ – प्रतिनिधि सभा संसदमा कांग्रेसले बैठक अबरुद्द गर्दा संसद बैठक बैशाख २७ गते बैठक बस्नेगरी स्थगीत गरियको छ। तर आर्थिक वर्ष२०७६ /७७ को निति तथा कार्यक्रम भने संसदमा बहुमतले पारित भयको छ ।
मंगलबारको बैठकमा सभामुख कृष्ण बहादुर महराले युक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित गरेको घोसना गरेका हुन्। विपक्षिले भने बिरोध गर्दै टेबल ठोकी रहेको थियो।
सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको आरोप कांग्रेस नेता गगन थापाले लगा एकाछन् शेर बहादुर देउवा भने उभिने मात्र गरे न टेबल ठोके न न आवाज निकाले।
प्रधानमन्त्री ओलीले निति तथा कार्यक्रमको जवाफ दिन लाग्दा कांग्रेस कार्यकर्ताले अवरोध गरेपछि झोका झोक समेत भयको थियो। प्रधानमन्त्री केपी ओलीले सांसदहरुले उठाएको सवालमा जवाफ दिने क्रममा निम्छरो, कुण्ठाजस्ता शब्दावली प्रयोग गरेको भन्दै कांग्रेसले विरोध जनाएको थियो ।
सरकारको नीति तथा कार्यक्रम यही वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय ससद्मा पेस गरेकी थिइन् ।