प्रधानमन्त्री ओली भियतनामा प्रस्थान ,,

वैशाख २६ , काठमान्डौ – प्रधानमन्त्री ओली आज भियतनामा प्रस्थान गरेका छन् ।प्रधानमन्त्री ओलीको प्रस्थानलाई मध्यनजर गर्दै त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा आन्तरिक र वाह्य उडान आधा घण्टाको लागि ठप्प पारिएको छ ।

भिभिआइपी सवारीलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले जानकारी गरेका छन् ।भिआईपीको उडानमा ४५ मिनेट विमानस्थल बन्द हुने भनेपनि यो पटक सर्वसाधारणलाई असर नपरोस भने ४० मिनेट मात्र विमानस्थल बन्द रहने पनि क्षेत्रिले बताए ।

प्रधानमन्त्री ओली नेपाल वायुसेवाको चार्टड विमानबाट ११ः२५ बजे ५ दिने विदेश भ्रमणका निस्कन लागेका हुन् ।भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

lekbesi

प्रधानमन्त्री ओली ३ दिन भियतनामा पछि दुइदिन कम्बोडियाको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ भियतनाममा ओलीले भियतनामी समकक्षी गुयन सुआन फुकसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्रालयका अनुसार उनले त्यहाँको संसद् ‘नेसनल एसेम्बली’का अध्यक्षसँग भेट्नुका साथै भियतनामी प्रधानमन्त्रीले ओलीको सम्मानमा रात्री भोजको आयोजना दिनेछन् ।

भ्रमणकै क्रममा ओलीले बुद्धको सम्मान र सम्झनामा आयोजना गरिने अन्तर्राष्ट्रिय बेशाक दिवसको सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै उनले होची मिन्ह राष्ट्रिय राजनीतिक प्रतिष्ठान र नेपाल ,भियतनाम व्यापार मञ्चलाई समेत सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीसँगै उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी गरि ४५ जना सहभागी छन् ।प्रधानमन्त्री ओली सहितको भ्रमण टोलि जेठ १ गते स्वदेश फर्कने जानकारी श्रोतले गरेको छ ।