युवराज खतिवडा अर्थ मन्त्रालयमा नियुक्त ,,

रंग दर्पण १४ फागुन, काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हालेका छन् । उनले यसअघि अर्थमन्त्री पदको सपथ ग्रहण गरेका थिए । उनी अर्थमन्त्री हुने ३२ अाैं व्यक्ति हुन् ।

पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइससकेका खतिवडाले पहिलोपटक एमालेका तर्फबाट अर्थमन्त्रीको जिम्मेवारी पाएका हुन् ।

समग्र अर्थनीतिका विज्ञका रुपमा चिनिएका खतिवडा अहिलेसम्म संघीय संसदको सदस्य भइसकेका छैनन् । राष्ट्रिय सभा सदस्यमा मनोनित भए पनि सपथ रोक्न सर्बोच्च अादालतले आदेश दिएकै आवस्थामा उनले अर्थमन्त्रालयको बागडोर सम्हालेका छन् । उनले अब प्रधानमन्त्री केपी शर्मा ओलीको मुख्य आर्थिक मार्गनिर्देशकका रुपमा भूमिका निर्वाह गर्नेछन् ।