जोरपाटी सडक अहिले सम्म सुधार नहुँदा स्थानिले गरे आन्दोलन ,,

वैशाख २६ , काठमान्डौ – वर्षामा धान रोप्ने जस्तो गरि हिल्लामे र गर्मिमा धुँवा धुलोले मान्छे गाडी घर नचिन्ने गरि जोरपाटी सडकमा देखिने गर्छ ।

गत वर्षनै सडक कालोपत्रे गर्ने भनेपनि अहिले सम्म सडक कालोपत्रे नहुँदा जोरपाटीका स्थानि वासीले आनोदल्न गरेका छन्।

सरकारले अहिले सम्म कुनै वास्ता नगरेको भन्दै स्थानीयले जोरपाटी सडक छिट्टै कालोपत्रे हुन पर्ने र धुँवा धुलो रहित बनौन पर्ने मागसहित आज बिहानै देखि सडकमा बिजुलीको पोलमा टायर बालेर आन्दोलन गरेका हुन्।

बौद्ध व्यापार संघको आयोजनामा बिहीबार बिहान व्यापारी र स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपा अगाडिको सडकमा हिँडडुल गर्न समस्या भयको भन्दै छिटो भन्दा छिटो सडक कालोपत्रे गर्न स्थानिय लगायत व्यापारीको माग छ ।