मिडिया काउन्सिल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रने पत्राकार माहासंघको जानकारी ,,
वैशाख २७ , काठमान्डौ – सरकारले कान्सिलमा दर्ता गराएको विधेयक बारे पत्रकार माहासंघले आन्दोलन गर्ने जानकारी गरेको छ । सरकारले कान्सिलमा अंकुस लगाउने लागेको भन्दै यो विधेयक तत्काल फिर्ता लिने समेत आग्रह गरेको छ।
काउन्सिलसम्बन्धी विधेयक संसदमा दर्ता भएपछि पत्रकारसम्वद्ध संघ संस्थाले बिरोध गरेका छन् । पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाल व्यवहारमा रहेको प्रेस काउन्सिललाई विस्थापन गर्ने गरी प्रेसमाथि नियमन गर्ने उद्देश्यले मिडिया काउन्सिल स्थापना गर्ने व्यवस्था सहितको विधेयक संसदमा दर्ता गराएको छ ।

मन्त्रिपरिषदबाट पारित भई संसदमा वैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्बन्धी उक्त विद्येयक कसैसँग छलफल नै नगरी ल्याइएको अरोप लगाउँदै महासंघ बैठकले त्यसले संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मूल्य र मान्यतलाई कुल्चेको निश्कर्ष निकालेको छ ।
महासंघले संसदमा विचाराधीन रहेको विज्ञापन र सूचना प्रविधि सम्बन्धी ऐनमा रहेको प्रेस स्वतन्त्रता बिरोधी दफा सच्याउन समेत ध्यानाकर्षण गराएको छ ।
पत्रकारले संचार लेख्दा कुनैपनि ब्याक्तिको मान मर्यादामा आंच पुगेमा १० लाख सम्म जरिवाना हुन सक्ने बिदेयक सरकारले दर्ता गराएको छ । यो यसैलाई मध्यनजर गर्दै आज बसेको महासंघको बैठकले निम्न विषयमा आन्दोलन गर्ने जानकारी गरेको हो।
विरोधका कार्यक्रम तालिका अनुसार २९ बैशाखमा महासंघका पूर्व पदाधिकारी, संचारमाध्यमका सम्पादक, कानूनविद र विज्ञहरुसँग छलफल हुने ।
– बैशाख ३० गते प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने ।
–३१ बैशाखमा संसदका सम्वन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल गर्ने ।
– १ जेठमा कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने र महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहद छलफल कार्यक्रम आयोजना गर्ने
– ३ जेठमा काठमाडौँमा संसद वाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहद प्रदर्शन गर्ने कार्यक्रम गरिने ।