होटेल याक एण्ड यतिमा प्रहरी छापा १२ जना पक्राउ ,,
वैशाख २८ , काठमान्डौ – काठमान्डौको होटेल याक एण्ड यतिमा प्रहरीले छापा मारेको छ। होटेलबाट १२ जना भारतीय नागरिकलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।
उनीहरुलाई अवैध नेटवर्किङ व्यवसायमा संलग्न भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।
नेटवर्किङ व्यवसाय विस्तार गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको थियो । नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको हो।
उनीहरुले आफ्नो कर्पोरेट कम्पनि दुवैमा रहेको र कम्पनीमा काम विस्तार गर्न १२ सय डलर जम्मा गर्नपर्ने डलर जम्मा गर्दा दुवैबाट काम सुरु गर्न सकिने जानकारी तालिममा रहेका हरुले जानकारी गरेका छन् ।
उनीहरुले करिब ३०० जनालाई तालिम दिएको पनि जानकारी प्राप्त भयको छ ।पक्राउ पर्ने हरुमा केहि व्यक्ति भने पहिले देखिने ९६ लाख ठगि गरिरहेको पनि खुल्न आयको छ। पक्राउ परेका हरुलाई थप अनुसन्धान भईरहेको प्रवक्ता बोगटीले जानकारी दिए ।